दफा १३२
नेपालबाहिर रहेको अवस्थामा सजायको कार्यान्वयन
(१) यस ऐनबमोजिम सजाय पाएको व्यक्ति नेपाल राज्य बाहिर रहेको अवस्थामा निज रहेकै मुलुकमा वा नेपाल ल्याई सजायको कार्यान्वयन गर्न सकिनेछ ।
(२) नेपाली सेनामा कार्यरत कुनै व्यक्ति नेपाल राज्य बाहिर बसेको समयमा सेवाबाट  मुक्त हुने भएमा वा मुक्त भए पछि निजलाई नेपाल झिकाउन सकिनेछ ।